Skip to content

पहिलो भेटमै हाँसिन् उनी (शृंगारिक रचना)


पहिलो भेटमै हाँसिन् उनी
म नि ‘हाँसी’ दिएँ,
नाता गाँस्ने चाहना देखें
त्यो नि ‘गाँसी’ दिएँ !
त्यति मात्रै कहाँ हो र ?
च्याँखे थापिन् जवानी,
म पनि के कम थिएँ र ?
आफ्नै जवानी ‘मासी’ दिएँ!!

खै के सम्झिदै थिइन् उनी,
बिलिन थिइन् मैमाथि
म पनि एकै स्वासमा
चुप चाप ‘टाँसी’ दिएँ !!!

जब सकें महाभारत
रातो पिरो देखें उनलाई
लाज भो मलाई पनि
मुसु-मुसु हाँसी दिएँ !

पहिलो भेटमै ………हाँसिन् उनी
म नि हाँसी दिएँ…….!

राजेश रुम्बा लामा “अतृप्त”

2 thoughts on “पहिलो भेटमै हाँसिन् उनी (शृंगारिक रचना)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *