जीवनसँग जुझ्दै
हारहरूलाई स्वीकार्दै
दृढ अठोट मनभरि पाल्दै
बिचलित नभैकन
चुला र चौकामा
ढिकी र जातोमा
विवशतामा रमाइरहेकी
प्रफुल्ल मेरी आमा
तिमीले आफ्नो
पीडाको क्षणलाई
हाँसी-हाँसी
हामीलाई हसाउँदै
अस्मिताको जोखिमहरूलाई भुली
रज्वस्वलाको कष्टप्रद
गर्भाधारणाको पट्यारलाग्दो
समयको ख्याल नगरी
निरुत्तर जन्म दियौ
“को खा को खा” भन्दै
“नानी खा” भन्दै
उदास छाप्रोमा
एकादेशको कथा सुनाउँदै
खान सिकायौ
मनभरि आँशुको
सलेदो सल्काउँदै
पसिना रुँदै
तिम्रा मलिला हातहरूले
काखभरि-भरि खेलायौ
ओठभरि सुम्सुमायौ
मुस्कान छर्दै हाँस्न सिकायौ
तर म टाढा छु आमा !
बिरक्त बन्दी जस्तो
बादलको छेउबाट चिहाइरहेछु
मनका छिटाहरूबाट
आमाको खातिर
हाँगा बिनाको
हिउँदको रुख झैं
एकान्की चिन्तन
पालिरहेछु।
उषा गिरी
चारपाने झापा
हाल: ब्रसेल्स,बेल्जियम

i love you nepal
तिम्रो सम्झनालाइ बिर्सेर
यो सँसारमा घुल्न चाहन्छु।
तिम्रो याद आउनु भन्दा पहिले
म तिमि लाइ नै भुल्न चहन्छु।।
सपनिमा देख्नु भन्दा पहिले
तिम्रो तस्बिर् केर्न चाहन्छु।
तिमिलाइ सामु देख्नु भन्दा पहिले
म आफ्नु मिर्त्युलाइ हेर्न चहन्छु।।
जति बाचा कसम् खायौ
ती सबैलाइ तोडन चाहछु।
तिमि मलाइ छोड्नु भन्दा पहिले
म तिमिलाइ नै छोडन चहन्छु।।
म मेरो जिन्दगिको डुङगालाइ
किनार तिर मोड्न चहन्छु।
आधि हुरि आउनु भन्दद पहिले
म किनार नै छोड्न चहन्छु।।”
Ganesh k c doha qatar 974 66240049