Skip to content

पर्देशिना बिबश चेलीको दशैंको पीडा


बिर्सियौ तिमीले मलाई सम्झिन
भुलेछौ मासुको चोक्टा र रक्सीको घुट्कोमा,
रम्दै होलाऊ अँझ,तिमी साथी-संगी सँगै
लिङ्गे पिंङ्को झट्कोमा !

न अट्कोस मासुले,न सर्कोस रक्सीले,
जति नै चोक्टा र घुट्को पिए नि,
न चुँडोस ती लिङ्गे पिंङ्को डोरी
जति नै झट्का तिमीले लिए नि !!

नयाँ जोस र जाँगर ल्याओस
न ल्याउन मार् पिट झै-झगडाको सोंच,
मान मर्यादा राख्न सकुन मान्यजनको
नगुमोस तिम्रो होस् !

नयाँ जोस र जाँगर ल्याओस
न ल्याउन मार् पिट झै-झगडाको सोंच,
मान मर्यादा राख्न सकुन मान्यजनको
नगुमोस तिम्रो होस् !

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *