Skip to content

एउटा
अन्जान पथिक
तिम्रो शहरमा
व्यस्त शहरमा
काकाकुल शहरमा
चलायनमान मेसिनहरुको करौतीले
मानवीय रेटिएको शहरमा
आशङ्काले घेरिएको शहरमा
जड र स्थिर शहरमा
सौम्य र शालिन कविता कोर्ने हातहरु खोज्दैछ ।
कस्को कुरा सुनु ,जनता आगो र हुरी ओकल्दैछ ।

चेपाङको पीडाहरु
राउटेको चिन्ताहरु
तराइको आगो
सिमानाको बाँडफाँड
बैरीका गिद्धे आँखाहरु
अकर्मण्यताको श्रखलाहरु
छेपाराको उखानहरु किन कविता बन्न सक्दैन ।
फूल,उपवनले मात्र यो कुहिरोलाई धान्न सक्दैन ।

एक झोँका हावा
सुस्तरी रङ,आकार,प्रकार
नाप लेउ भन्छ
अजुली भरको जलले
स्वाद,आकृति बाटो माग्छ ।
फगत्
मन न हो
सिमाना,दुरी र कल्पना नाप भन्छ ।
आजकाल नाप्न नजानेको हो की भाप्न नजानेको ।।
मन सक्सकाएर लेख्छ कसरी भनु शब्द टिप्न नजानेको ।।

बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’

1 thought on “अन्जान पथिक”

  1. A good poem, full of symbols!
    A good poem, full of symbols! keep on !
    2nd last line को ‘भाप्‍न’ भनेको के हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *