म गोठमा जन्मेर
गाँउमा हुर्केको मान्छे,
दु:खको पहाड बोकेर
हिंडेको मान्छे,
लगाउनलाई म संग
चप्पल थिएन,
लाहुरेको छोराहरुको
जुत्ता हेरेर मक्ख पर्थे,
पैतला फुटेर जमिन
भासिए जस्तो हुन्थ्यो,
तैपनि कपडाको भकुन्दो
कुँदाएको हुन्थे,
म कक्षामा जहिले पनि
अगाडि हुन्थे,
तर मेरो जाँघे
पछाडि फाटेको हुन्थ्यो,
सबै साथी-संगी
ग ल. ल. ल. हाँसेको हुन्थे,
पढ्नमा अगाडि,
खेलमा अगाडि,
गुरुहरु स्याबासी दिन्थे,
मेरो नामको गुणगान हुन्थ्यो,
त्यसैले मेरो अस्तित्व
जिउदो थियो!
जब म १८ बर्षको भएँ,
मलाई भौतिक सुखका सपनाले
दिन रात सताउन थाल्यो,
अरुले जस्तै पैसा कमाएको
कल्पना गरेँ,
ऋन काढेर भए पनि
युरोप भित्रिएँ,
परिस्थिती र बिबस्ताले
म नक्कली शरणार्थी बने,
ढाँट्नु नढाँत्न्नु
गोरेहरुलाई ढाँटे,
नाम ढाँटे थर् ढाँटे,
अनि ठेगाना नै ढाँटे,
नाम थर् ठेगाना
सबै नक्कली बने पछि
अहिले म
अस्तित्व हराएको
मान्छे भएको छु!!
प्रेम पुन, दोबा म्याग्दी
हाल्; ओस्टेन्डे बेल्जियम
(email: prem_pun2000@yahoo.com)
