मेरो फूलबारीमा किन खेल्छ अतिवाद,
त्यसलाई काट्नु छ
मेरो घरभित्र किन पस्छ शंका
त्यसलाई काट्नु छ
मेरो समाजमा किन हुर्किन्छ अन्धविस्वास
त्यसलाई काट्नु छ
मेरो देशमा किन घुम्छ आतङ्क
त्यसलाई काट्नु छ
मेरो राजनीतिमा किन खेल्छ प्रभु
त्यसलाई काट्नु छ
अतिवाद, शंका, अन्धविस्वास, आतङ्क, प्रभु
सबैले युद्ध गर्छन् मेरो मनभित्र
र खेल खेल्छन्
बुख्याँचा, कठपुतली, डोमी, प्रभु
यी सबै सम्झेर ल्याउँदा
अनियन्त्रित हुन्छ मन र
दिमागको रेखाबाट रेखैरेखा ज्वालामुखी कुद्छ
त्यतिखेर म कविताको दापबाट खुकुरी निकाल्छु
र छापाछप काट्न थाल्छु
