Skip to content


बतासहरू बहन्थे- मन्दमन्द
तिम्रा आवाजहरूको आकाश लिएर।
खोलाहरू हिँड्थे- कलकल
तिम्रा सम्मोहिनी शब्दहरू बोकेर
नदीहरू दगुर्थे- सललल
तिम्रा गीतका अन्तराहरू छोएर।
जून आउँथ्यो- लमकलमक
ध्वस्त पार्दै अँध्यारोको आधारइलाका।

तिमी हिँड्यौ कि- सारा वनजङ्गल/चराचुरुङ्गी
भीरपहरा/खोलाझ्रना
सबै-सबै उमङ्गित हुन्थे।
तर, वर्षौं भयो
बहन छाडेका छन् बतासहरू
बग्न छाडेका छन् नदीहरू
निःशब्द छन्- वनजङ्गल/भीरपहरा…
मात्र दगुरिरहेका छन्- सन्त्रासहरू
पहराहरूमा!
बतासहरूमा!!!!
नदीहरूमा!!!

हिमाल खबरपत्रिका पूर्णांक २७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *