Skip to content

कोल्टे फेरिसकेछ समयले


तिम्रो जीवन थम्थामैर
‘बाँच्न’ मन थियो मलाई पनि,
पीडा ब्यथा बाँडी चुंडी
‘हाँस्न’ मन थियो मलाई पनि !

फेरी सकेछ समयले कोल्टे,
तिमी संगै,
‘नाच्न’ मन थियो मलाई पनि ,
समाजको अघि अपवित्र तिम्रो जीबन,
चोखो पर्न,
‘माज्ना’ मन थियो मलाई पनि!!
चोक्टीएको त्यो मन तिम्रो
‘गाँस्न’ मन थियो मलाई पनि,
रितेरा आफ्नै जीबन,तिम्रै निम्ति
‘सांच्ना’ मन थियो मलाई पनि …

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *