Skip to content


अर्थ्याउन, बर्थ्याउन, घिच्रो तेर्साउन सक्ने
एक हुल साँढेहरू बिजुली पानी चुम्दै, झुल्दै
चारै खुट्टाले दाँया बाँया भित्तो नाप्दैछ ।
साँढे-डुक्रन्छ
साँढे-उफ्रन्छ
साँढे-लेघ्रो तान्छ
साँढे-तिघ्रो उचाल्छ ।।

जोत्न नमिल्ने-साँढे
पोत्न नमिल्ने-साँढे
हानेर
डुक्रेर
सिङौरी खेलेर
धुलो उडाएर
अरुको अस्तित्वलाई पटक्कै मान्दैन ।

साँढे-गीता, बाइबल, कुरान घोक्छ
साँढे-सेक्सपियर, चेखव, गोर्की रट्छ
साँढे-बोटल, प्याक, क्वाटर तोड्छ ।।
साँढे-महलमा मस्त भई गोठ फलाक्छ
अनि ऐनामा बस्छ र कुर्लिन्छ त साँढे होस् ।।

एउटा गाडासम्म तान्न नसक्ने
साँढे-डिंग हाक्छ
साँढे-हान्न भाग्छ ।
गिदीमा नाम्ले परेका साँढे
आफ्नो पक्षमा नभए कुर्लन्छ ।।
बाली मास्न, झुपडी भत्काउन उर्लन्छ ।।
बेला बेला तुच्छ भाषामा बहुलाउछ ।।

साँढे-साँढे नै हो उसँग
असिमित बल छ ।
जाँगर छ ।
काम छ ।।
भविष्य छ ।।
तर आफू साँढे भा’को बेहिसाब घमण्ड छ ।।
बेलगाम भयो कि मास्न कुद्छ र ताण्डव रच्छ ।।

ए हजुर !
गधालाई धोएर गाई
साँढे ढोकेर दाइ कहाँ बनाउन सकिदो रैछ र ?

मिति:०६७-०७-१३

http://www.facebook.com/note.php?note_id=455393824756

Leave a Reply

Your email address will not be published. Required fields are marked *