अपरिचितको भीडमा
परिचय दिंदै आफैँ उदाङ्गिएर
बेचिरहेछु श्रम पराईभूमिमा,
किनकि मैले पनि
अरुजस्तै आफ्नो भाग्य
आफैँ कोर्नु सक्नु पर्ने छ
आत्मानिर्भर भएर,
यो कहालीलाग्दो
उमेर पचाउँनु छ,
त्यसैले बिना हिच्किचाहट
पराईभूमिमा बेचिरहेछु श्रम
कागजका खोस्टा
बटुल्ने होडबाजीमा
आजको यो वैज्ञानिक
र, आधुनिक युगको
दोसाधमा उभिएर हार मान्यो
भने! आफ्नै भोको पेट र,
नाङ्गो आङले गिज्जाइरहने
डर छ मलाइ डर र त्रास:
लुकाउने क्रममा म
अचेल मान्छे हुनुको
हक दावी गर्न
हिच्किच्चाउदिन किनकि!
थाहा छ मलाइ म:बाटै शुरुवात्
गर्नु पर्ने छ, नयाँ नेपालको
नयाँ बिहानी र नयाँ दिनको
उपभोग गर्न!
जलश्रोतको धनी
मानिएको मेरो देसमा
लोड्सेडिङको मारले पिसिएको
सिङ्गो जीवन दिनको
उज्यालो, सुर्यलाई
आँखामा सुरक्षित गरेर
ती काला रातका लामा
काल खण्ड नै उज्यालो बनाउँनु छ,
त्यसैले अपरिचितको
भीडमा आत्मासम्मान
बन्दक राखेर को!भन्दा को!कम
भनेर बाँच्ने आफैँ भित्र
दहरिँलो प्रतिबद्धता गर्दै
पैसा बेगर केही हुन्न
भन्ने कपूत मस्तिष्कको
मथिङ्गलको साघुँरा बिचार
भित्रका बिचार एक्लै
मन्थन गर्दै मानव
हुनुको महसुसमा
आफैँले कोरेका लक्ष्मण
रेखा आफैँले उल्लंघन
गरी परिस्थितीले
निम्ताएको अवस्था हो!
भनि चित्त बुझाउँदै
पराईभूमिमा बेचिरहेछु श्रम
कागजका खोस्टा बटुल्ने
होडबाजीमा!
गीता थापा (दोषी)

जिन्दगी भनेको यस्तै हो।
जिन्दगी भनेको यस्तै हो। सँघ्रर्ष सबैले गर्नै पर्छ।