मठ मन्दिर
भक्त भक्तिन तिर्न
देख्तामा
सबै समर्पण देखिने
तर
समयको लहड कि
भक्तिमानमा हेराफेरीको उदय
भक्त भक्तिनहरूको
अमूर्त आँखा जुधाइ
उत्तरआधुनिक बोध ।
मुर्दो रोग
शय्यामा लम्पसार परिगो
अब शय्यालाई
यसले
कहिले मुक्त पार्ने हो खै ?!
मुक्त चैं
सजीवै भएर कि
निर्जीव भएर
प्रतीक्षा सिवाय
अरु विकल्पको खोजी
कतै छ र
हौ, बडाबा ?!
सदाझै
बिहान बिउँझेर
म
फरक देखिरहेँछु
कोठामा
अचम्म !
भित्ता भरिभरि
लज्जा लजाइरहेका
तपाईं पनि कहिलेकाहीँ
कि या सधैँ
भित्ता भरिभरि
यस्तो
लज्जा लजाएको देख्नुहुन्छ ?!
तानसेन-१, पाल्पा

३ हाईकु
कार्तिक
१
प्रभात
३ हाईकु
कार्तिक
१
प्रभात घाम
आहा! कति न्यानो भो!
मनै उमङ्ग!
२
कुन्युको कुना
लुकामारी खेलेको
परालमुनि!
३
खले गह्रोमा
सात गोरु नारेर
दाईं खेलेको!
वेद पौडेल
टोकियो, जापान