थाहा पाएँ, चाल् पाएँ
आमा बाबाको भनाई,
त्यति कै त थिएन रहेछ
मैले खाएका हनाइ ।
आमा-बाबालाई गलत सम्झी
वस्ता गरेन केही कुराको,
दु:ख पाए, अहिले सम्झे
गलत थियो मेरो ठनाई ।।
आफ्नो सन्तान राम्रो होस्
सोच्ने गर्छन् सबै जना,
यो कुरा नबुझ्नुमा
दोषी थियो मनै ।
आमा बाबाको अज्ञा मानी
पढेको भए खुरु खुरु,
अहिले के को पर्थ्यो हजुर
ट्वाइलेट् सोर्न गनाइ गनाइ ।
राजेश रुम्बा लामा “अतृप्त्”
