Skip to content

गल्ती भन या भूल गरें

PushpaKhanal


गल्ती भन या भूल गरें
जे गरें मैले माया गरें
तिमीलाई केवल तिमीलाई

दुई मुटु एउटै बनाउने
पराईलाई आफ्नो भनाउने
सृष्टिको वर हो माया
ईश्वरको घर हो माया

धोका भन या छल गरें
जे गरें मैले माया गरें
तिमीलाई केवल तिमीलाई

ढुंगालाई पनि पगाल्न सक्ने
शत्रुलाई पनि अंगाल्न सक्ने
माया नै हो मूल मन्त्र
खोज्दै जाउँ कहाँ अन्त?

कर भन या बल गरें
जे गरें मैले माया गरें
तिमीलाई केवल तिमीलाई

कति दिन सक्छौ बस्नलाई चुप
नगर घमण्ड त्यस्तै हो रुप त
रुप त ओसिलो छाया
मनले गर्ने हो माया

चोट भन या खोट गरें
जे गरें मैले माया गरें
तिमीलाई केवल तिमीलाई

पुष्पा खनाल
१५–०८–२०६७
काठमाडौं

2 thoughts on “गल्ती भन या भूल गरें”

    1. Dear Sunil jee,
      Thank you

      Dear Sunil jee,
      Thank you very much for your valuable comment. I will try my best to change it but I would appreciate if you help me choosing the words to place in next ANTARA.

      Pushpa

Leave a Reply

Your email address will not be published. Required fields are marked *