अभावै अभावमा जिउने, जिन्दगी त यस्तै भो
जस्को कुनै चाहाना थिएन, आखिरमा त्यस्तै भो
सुनौला ति सुन्दर सपना, ओझेल परी गए
लक्ष्यबिहिन भविष्य मेरो, अनयासै सस्तै भो
झुटा आशा देखाउनेहरू, अँझै राज गर्दैछन,
आफूलाई रित्याउदा पनि, कै नगरे जस्तै भो
कति इक्षा थिए घरलाई, स्वर्ग नै बनाउने
कुनै सोच थिएन नर्गको, आखिर दुरुस्तै भो
नामर्द होइन म संघर्ष, संधै गरेकै थिएँ
आज दुख दर्द र अशान्ति, झन् किन प्रसस्तै भो ?

So truly Brother and its
So truly Brother and its touch each and every body’s heart and wel done keep it up Dai..and we are expecting more and more please keep going …
with Regards
Shankar baniya