Skip to content

कालोलाई सेतो भन्न जानिन मैले

  • by


तिमीले जस्तो कालोलाई सेतो भन्न जानिन मैले
आत्मा बन्धकी राख भन्नेका कुरा मानिन मैले

स्वाभिमानको मोल के था’ ईमान बेच्नेहरूलाई
चोर बजारका नक्कली मान शान छानिन मैले

बिना बिधि-बिधान, कस्तो पूजाको उपसना गर्नु
शाधक फटाह थे आफूलाई योग्य ठानिन मैले

जलपमा चम्किंदैमा सबै पहेलो सुन हुँदैन
जानाजानी पित्तललाई सुन भनी तानिन मैले

जन्दिन भन्थ्यौ लप्पन छप्पन खेल खेल्नलाई
तिमीले जस्तै फेरि मौकामा चौका हानिन मैले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *