Skip to content

खजुरको बोटमुनि


अलिकति थाकेको शरीर
अलिकति फाटेको मन
अलिकति च्यातीएको तन
एउटा खाकीको झोला
एउटा मसी रितिन्दै गरेको कलम
एउटा डायरी
आफ्नै कथा लेख्नु भनेर…
आफ्नै बेथा कोरु भनेर …
बसिरहेछु,
खजुरको बोटमुनि ।

मृत सागरको सम्वाहनिक धार
म नजिक आइपुग्दा तातिएको छ
मरुभूमि, रातो माटो,
मेरै चुहानडाडाको जस्तो ! …
बतास बालुवा उडाउछ, आँखा हेर्नु सक्दिन
बिल्कुलै मरुभूमि,
तैपनी जीवनको कथा कोरु भनेर …बसिरहेछु
खजुरको बोटमुनि।

यो साकाकाको कुनै ठाउँ, यो अल्जफको कुनै ठाउँ
यो रियादको कुनै ठाउँ या यो दमामको कुनै ठाउँ
झुमा रातले अल्कचिएको मेरा आँखा !
नजिकै लालसागर, म्रितसागर या भनौ प्रसान्त …
किनारमा मान्छेको जम्काभेट, रङ्गीबिरङ्गी मान्छे,
भौतीक सुखी मान्छे,
मलाई लाग्छ
म पुसेमेलामा पालम गाउदैछु,
माघेमेलामा धान नाच्दैछु,
रानीमेलामा दोहोरी गाउदैछु …
अनी अलाहाको समयमा
एउटा प्रेम पत्र कोरु भनेर… बसिरहेछु
खजुरको बोटमुनि ।

एक हुल उट ! हरे ! यो मरुभुमिमा,
निकै लामो हुल, ताती,
म झसङ सम्झन्छु
मेरो गोर्जाको हरियो चौर,
चौरी गाई, सगीत झै बज्ने तिनका घन्टी,
यौवन रस भरिएकी शेर्पेनी कान्छी
फगत मेरा कल्पनाहरु !
केही कोरु भनेर, डायरी भरु भनेर
बसिरहेछु…
खजुरको बोटमुनि ।

अताहस ! अनायस ! फत्रक्क एक दाना पाकेको खजुर
मेरो नजिक खस्यो
झोला छेवैमा, घुडा छुने गरि,
कलम नजिकै
डायरी माथि नै …
म न्युटनले जस्तो किन खस्यो भनेर प्रश्न गर्दिन..,
तर कस्तो
चाउरिएको खजुर -नेपालीको भाग्य जस्तै,
किचिएको, थेप्चिएको, थिचिएको – नेपाली हामी जस्तैजस्तै …
सुकेको -मेरो यौवन जस्तै …
जीवन बुझ्न जिवनका कथा कोर्न
नेपालीको भाग्य खोज्न, भाग्य बुझ्न
यही दाना हेरिरहेछु
खजुरको बोटमुनि ।

dcnepal.com/nepalsmahu.com-बुद्धी मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *