पूरा नहुने त्यस्तो सपना साचेर के बस्नु
मन रुन्छ त्यस्तो धुनमा नाचेर के बस्नु ।
मिलनको क्षण टाढियो यसै झन पर पर
खियो औंला, सालै पिच्छे भाचेर के बस्नु ।
शितको बगैचा गोडमेल गदै प्रित सम्झे मैले
बिलायो पलभरमै, यस्तो माला गासेर के बस्नु ।
हिर्दय मेरो रुदैछ यो पल सम्झेर सपना
रसिन्छ प्याला देखावटी हासो हासेर के बस्नु ।
नपाउने देखेछु, सपना मैले यो ससारमा
सोच्छु उदास यो जीवन बाचेर के बस्नु ।
-बुद्धी मोक्तान, दक्षिण कोरिया
