स्तब्ध भएँ म, शोकाकुल खवर पाई
भावविह्वल भएँ म सुन्यताले छाई
श्रद्धेय स्रष्टाको नै देहवसान भएछ
दिव्य त्यो सालीनता संधैलाइ गएछ
तिमी एउटा उज्जवल नक्षेत्र थियौ
अनि पथप्रदर्शकको अगुवा थियौ
एक दरिलो आस्थाको धरोहर थियौ
नेपालीको प्यारो महान स्रष्टा थियौ
स्तब्ध भएँ म…
ठुलो गुण लगायौ देशलाइ केही दिएर
मन मनहरूमा जिउने छौ अमर भएर
युगौं युगसम्म पनि कृति गुम्ने छैन
श्रद्धाको श्रद्धान्जली कहिलै टुटने छैन
स्तब्ध भएँ म…
