किन होला तिमी अचेल रिसाएर बोल्छौ सानी
त्यो रिसमा मिठो माया मिसाएर बोल्छौ सानी ।
माया गरी तिमीलाई मेरी रानी भन्दा खेरी
बोलाएर काख माथि बसाएर बोल्छौ सानी ।
माया गर्छु भन्छौ तिमीसँग बसी रमाउदै
थाहै नपाई अधर त्यो टसाएर बोल्छौ सानी।
जिस्किएर तिमीलाई छोडी दिन्छु भन्दा पनि
अनायासै नयनजल खसाएर बोल्यौ सानी ।
तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन,
२०६७/८/३
