Skip to content

द्धन्द्व समाप्ति


मुस्कुराउनु है कुम्भकर्ण, अब द्वन्द्व सकेपछि
स्वाच्छ हावा लिनु कोइली, बारुद गन्द सकेपछि ।

हत्या भयो बलत्कार क्रान्तिको त्यो स्वरुप कस्तो
शुन्य छायो गाउँबस्ती, भाउजू नन्द सकेपछि ।

मार्छु भने पिट्न आए हिंडे मुग्लान म पनि
बाचिने ती सबै आधार, छेकै छन्द सकेपछि

निर्दोशमाथि गोली चल्यो राजमार्ग हिलै थियो
बिर्सिनु है ती दिन मैना, रोदन क्रन्द सकेपछि ।

धम्की थियो सबै माथी हामीले बस्ती छाडेकै हौ
फर्किनु है आफ्नै गाउँ, हड्ताल बन्द सकेपछि

www.dcnepal.com/-बुद्धी मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *