कहिले हँसाएर लठ्ठ पार्छिन
कहिले मुस्काएर
एस. एम. एस. गरेर बोलाइरहन्छिन
फेसबुकको नोटिफिकेसनमा उनकै कमेन्ट बढी हुन्छ
गहिराइ बढ्दै गएछ क्यारे
आजकाल रिसाउन पनि थालिन
फकाउनु पर्छ स्नेहका गुच्छा बहार गरेर
युगीन सुन्दरी
ममताको घारीमा एक्लै टोलाई
अपरिचित संवेदनाभित्र परिचित हृदय राख्ने
आखाँमा जाँदुको तादम्यता देखाउने
ओ सुन्दरी !
सामिप्यताको सुशील तहबाट
आखाँको ढकनीमा व्याप्त प्रगति चेतमा
तिमीलाई राता, पहेला, पहेला, निला रङ्गहरू
शब्द उनेर समपर्ण गर्न चाहन्छु
अदृश्यताको बिचमा
अनुमानमा बाच्नुको रमाइलो
दोसादमा हास्नुको रमाइलो
म भोगिरहेछु
प्रत्यक दिनको शाब्दिक चेतनामा
किप्यार्ड र किबोर्डमा
मनलाई हातसम्म पुर्याएर
मोनालिसा कोर्ने कुची मलाई चाहिएको छ
पेन्डड्राईभमा राखेका तस्वीर
खोतलेर भित्ता भरि टाँस्ने मन छ
कञ्चनता, पवित्रताको बोध छाताछुल्ल बनाएर
आँखामा बसेर ढकनीले छोपिने मन छ
तिम्रो हातमा भुण्डिउको कालो चस्माले
सागर सरी गहिरा आँखा नछोप्नु है
धान झुलेर पहेलै बनेको बेसिझै
हिँउ पोतिएर सुकिलो बनेको पहाड झै
तिमी देखिरहेछु
स्क्वायरमा सार्थकता देख्छु नमाङ्कित भावको
हेर्छु पल्टाएर एल्बमहरु
अपलोड गरिरहन्छु आफ्नै फुलबारीमा
जसलाई म आफैं गोड्छु
आफैं मात्र मन पराउछु
तिम्रो तलतल, मेरो पागलपना
केही शब्द
पत्थरमाथि अडिएको कोमलता
स्वार्थमाथि बचेको स्वप्निलता
अचेतीय दृष्ट्रिबोधतामा
देखिरहेछु
मनभरि सजाइरहेछु
गुलाबी माला वनाएर
