मेरो साथ बिनानै आमा तिमी बन्छु भन्छ्यौ ।
सहवास नै नगरी महिनाहरू गन्छु भन्छ्यौ ।
जिन्दगीको सहारा जन्माउनुछ छोरा हामीले
चाहिदैन रे मेरो नाम आफै ठुलो हुन्छु भन्छ्यौ ।
बिर्सियौ अतित तिमीले बाह्र अक्षरका प्रेमपत्र
झुट थिए ती सबै भनि कसम खान्छु भन्छ्यौ ।
टुक््याउ खेतहरू बेच्यौ अरे कुलो पनि
बस्ने सानो ठाउँ पनि मुद्धा गरी लान्छु भन्छ्यौ ।
छैन शान्ति घरमा आमा रोइछिन धुरुधुरु
क्रन्दनहरूको वास्ता छैन बाटो अन्तै हान्छु भन्छ्यौ ।
मिलेरै बसौ हामी बिन्ती कति गर्दा पनि
अधिकार लिन भन्दै घर बाहिर जन्छु भन्छ्यौ ।

the name of writer is tirsana
the name of writer is tirsana moktan is not shrestha.
i use “shrestha” tirsana as name.
राम्रो छ ।
सुरुवात:
मेरो साथ
राम्रो छ ।
सुरुवात:
मेरो साथ बिनानै आमा तिमी बन्छु भन्छ्यौ ।
सहवास नै नगरी महिनाहरू गन्छु भन्छ्यौ ।
अन्त्य:
मिलेरै बसौ हामी बिन्ती कति गर्दा पनि
अधिकार लिन भन्दै घर बाहिर जन्छु भन्छ्यौ ।
सार्है गहिरो अर्थ ।
हजुरलाई शुभकामना ।