सुन्य लाग्यो आज आकाश, जुन तारा लुके झैं,
सुन सान लाग्यो आफ्नै बस्ती, रेगिस्तान पुगे झैं !
यता हेर्छु उता हेर्छु, तिम्रै अभाव देख्छु म,
बगर लाग्यो आफ्नै जीवन, मूल सुके झैं !
सुन्य लाग्यो आज आकाश, जुन तारा लुके झैं!!
सगरमाथा नै सम्झिन्थे आफू, तिमी साथ हुँदा,
समतल लाग्यो आज धर्ती, पहाड झुके झैं !
सुन्य लाग्यो आज आकाश, जुन तारा लुके झैं!!
यति महत्व लागेन हिजो, तिमी सँगै हुँदा,
पश्चाताप भो मौकामा हिरा, फोर्न चुके झैं!
सुन्य लाग्यो आज आकाश, जुन तारा लुके झैं!!
सुन सान लाग्यो आफ्नै बस्ति, रेगिस्तान पुगे झैं !!!
राजेश रुम्बा लामा “अतृप्त”