Skip to content

मैले आँखा देख्न छाड्दै छु


सायद अब मैले आँखा देख्न छाड्दै छु ।
आजदेखि गजल गीत लेख्न छाड्दै छु ।

बरु लडुँ केही प्रवाह छैन अब त
हिड्ने सहारा लामो लट्ठी टेक्न छाड्दै छु ।

छातीमाथि हात राखेर ज्यूनु पनि के
लागे लागोस गोली छाती छेक्न छाड्दै छु ।

आखिर दुःख साथी हुन्छ सुख भन्दा त
त्यस कारण म हाँसो समेट्न छाड्दै छु ।

श्रम अनि पसिनाले फल नदिए’सि
कठाङ्ग्रिएका हात पाउ सेक्न छाड्दै छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *