(बाल गीत)
च…च…च…च…च… चरी भुरुरुरु उँडेर
आहा ! फूलमा पुतली फुरुरुरु नाचेर ।
चरी पनि छोपिदेऊ, पुतली नि समाइदेऊ
नत्र भने मलाई आमा, त्यस्तै पखेटा लगाइदेऊ ।
पुतली र चरी जस्तै उड्न मन लागेको छ
मिलिजुली तिनीसँग खेल्ने मन जागेको छ ।
कहाँ होला आकासमा, चरीको भर आमा
कस्तो होला यति राम्री, पुतलीको घर आमा ।
चरी पनि डाकिदेऊ, पुतली नि बोलाइदेऊ ।
होइन भने मलाई आमा, तिनकै घर पठाइदेऊ ।
