Skip to content

बगेको खोला फर्किन्न भन्थे

  • by


बगेको खोला फर्किन्न भन्थे
फर्किए के होला फर्किन्न भन्थे

मैले कतै यो सुनेको थिएँ
मान्छेको चोला फर्किन्न भन्थे

बरु हावालाई मोड्न सकिन्छ
हिर्काएको लोला फर्किन्न भन्थे

आफ्नालाई रुवाएर पठाएको छ
कतिन्जेल नरोला फर्किन्न भन्थे

जिन्दगी के हो ऊ भन्दै थियो रे !
आउँदैन नबोला फर्किन्न भन्थे

कपिल अन्जान
कोहलपुर–२, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *