सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।
दुई दिन खुशी देखाएर, नफर्किने खोली तारी गयौ ।
अमर-अजर हुन्छ भन्थें, हाम्रो प्रेमको कहानी यो
देखाउन नपाउँदै कसैलाई, भ्रुणमै तिमीले मारी गयौ ।
सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।
लड्छु भन्थे जीवनभरि, दु:ख पर्दा हरेक मोडमा,
शायद देख्यो दुख धेरै, नभिडेरै हारी गयौ ।
सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।
हराभरा बनाउँछु भन्थें, मेरो सानु संसारलाई,
उजाड देख्यो, उराठ लाग्यो, अन्तै बिरुवा सारी गयौ ।
सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।
दुई दिन खुशी देखाएर, नफर्किने खोली तारी गयौ ।
राजेश रुम्बा लामा “अतृप्त”