Skip to content

सम्झनाको दियो सधैँ बली रहेछ

  • by


सम्झनाको दियो सधैँ बली रहेछ
मिलन अझै सपनीमा चली रहेछ ।

अजर-अमर मेरो माया जनम जनमको
गरुँ के कुरा तोडिने बाचा-कसमको ?

बहुरूपी दुनियाँ छली रहेछ
मिलन अझै सपनीमा चली रहेछ ।

सबै सत्य हुँदैन हो सुनेको देखेको
हुन्छ त्यही जे छ यो भाग्यमा लेखेको

दिन रातसँगै उमेर-ढली रहेछ
मिलन अझै सपनीमा चली रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *