हेरिरहुँझैं लाग्यो तिम्रो रूपको कस्तो बनोट छ
मेरा मनको कल्पना तिमी मेरो कस्तो छनोट छ ।
उघ्रेको सगर हेरेपछि तिमीलाई हेर्न नपर्ने भो
मेरो हृदयको गहिराइ तिमी मेरो कस्तो छनोट छ ।
फूलले पनि तिमीलाई चिहाएर हेरी लजाउन थाल्यो,
मेरो जीवनको बत्ती तिमी मेरो कस्तो छनोट छ ।
अब के चाहियो र ‘राज’लाई तिमीनै पाएपछि ‘निकी’
मेरो शरीरको आधा तिमी मेरो कस्तो छनोट छ ।
