लोकतन्त्रका मान्छेबीचमा फाटो छ कि छैन ?
स्वतन्त्र मै पाइलाचाल्ने बाटो छ कि छैन ?
मासु-भात डकार्दै छौं महलमा उता
यता हेर छाक टार्ने आँटो छ कि छैन ?
सेतो सारी सियाल्दै छन् बीस, बाइसका नारी
छाम तिनका सिरानीमा टाटो छ कि छैन
आफ्नो संसार बनाउनलाई उठ सर्वहारा
तिम्रानिम्ति यो धर्तीमा माटो छ कि छैन ?
सिंहदरबार छिर्नासाथै सपि्रन्छन् र कहाँ ?
छाम तिनका सिरानीमा टाटो छ कि छैन ?
-सिन्धुली
