Skip to content


कलम तेरो मसीसँगै बगिरहेछ
मेरो आँसु
अबिरल नदीसरी
केबल, तलतलै
कहिल्यै नफर्कने गरी
कोही बुझ्दैनन् हाम्रो भावना ।
सत्य र शान्तिका निम्ति, सुख र सुविधाका निम्ति
हामी किन जुटिरहेका छौँ
किन उठिरहेका छौँ
हाम्रो केही सीप लाग्दैन कलम
ती मुखालेहरूले
हामीलाई टेर्दैनन् कलम
हामी चन्द्रमा पुग्दैनौं
सगरमाथा हामीदेखि टाढा छ
हामी सधैँ असहाय, टुहुराझैँ
गरिब र दुःखीहरूझँै
पेलिरहेका छौँ
पछारिरहेका छौँ
किनकि, बडासँगको झुकाइ
यथावत छ कलम
तेरो र मेरो मर्म
पीडा र सङ्घर्ष
महान् सहिदहरूको सपना
तेरो मेरो आशा र जिन्दगी
उस्तैउस्तै छ कलम ।

लमजुङ, दुराडाँडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *