अहिले पनि यो देशका निमुखाहरूले बोल्न पाको छैन,
भोकाछन् गरिब दुखी पेटहरू, खानपाको छैन ।
शान्तिको अनुभूति निर्धक्क भएर, गर्नपाको छैन ,
अझै पनि झुप्रा र पर्णकुटिमा, उज्यालो आछैन ।
नेतृत्व तटका कर्णप्रिय भाषण, क्रान्तिकारी बोलीले,
मात्र हुन्न सामाजिक-क्रान्ति समाजमा, साँच्चै हुने कैले हो ।
इमान्दार रहि देशका जिम्मेवार, पूर्ण जिम्मेवारी लिई,
बिलासी तटका छोडी सबै कुरा, देशजनमा समर्पिई
मीठा आश्वासन दिएर जनको, भोको पेट भरिन्न,
मनको अशान्तिले दन्किएको आगो, ज्वाला बनी बल्छ ।
दूर दराजका झुप्राका चुलाहरू, भाषणले बल्दैनन् है,
अशिक्षा, गरिबी, रोग भोकका ज्वाला, वर्षाले निभ्दैनन् ।
कमलरी बस्ने ती छोरीहरूको, बालाधिकार पाछैन!
सडकमा जिउने ती बालकहरूलाई अवसर पाछैन!
पशुसरी हँुदै बेचिने नारीले समान हक पाछैन है!
निमुखाहरूका आवाज बुझ्ने कानुन, अझै कस्ले लेख्छ खै ?
छुवाछूत जस्तो जघन्य अपराध, छैन अझैँ गएको!
जनजाति पिछडिएकाहरूलाई, अघि कहिले ल्याउने हो ?
देश रहेको छ सङ्गीन घडीमा, कहिले सुरक्षित हुने ?
संविधान लेखी लागू कहिले हुने, निश्चत अझैँ छैन त्यो ।
