Skip to content


दिनैभरि गैची बेल्चा
साझ नेट्मा बस्छु,
वैब् क्याममा राम्रो हुन
फेएर ‘न लब्ली धस्छु ।

भुल्ने गर्छु दिनको दु:ख
नेट्मा हान्दा गफ्,
कति मैया मख्खै पर्छिन्
गर्न खोज्छिन् लब ।

अरु गर्न केही आउदैन्
च्याटिङ् मात्रै आइन्छ,
गजबकै रहिछ इनटरनेट्
जस्तो चाहे नि पाइन्छ ।

कस्लाई चाह्यो दसी प्रमाण
जे भने नि हुन्छ यहाँ,
इमान्दारीलाई पत्याउन कोही
हावा दारीको गफ् सुन्छ यहा ।

राजेश रुम्बा लामा “अतृप्त्”
२७-१२-२०१०
(जे देखे त्यो लेखे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *