खडेरीले माटोसरि मुटु जलायो
चैत मासा खडेरीमै पात पलायो!
देखिएन मङ्सिरमा माया पिरती
पिरतीको रानी महल कल्ले ढलायो?
फेरिएन बैशाखमा नयाँ काँचुली
जिन्दगीले पुरानै त्यो खाता चलायो!
सारिएन सुनाखरी, बेली चमेली
त्यसै यो मनमा सुवास सल्बलायो!
समयले देखेछ कि दु:ख आँसुको
आँखाभरि स्वप्नहरू धेरै फलायो !
