सोडियम, युरेनियम र
रेडियमको नजिकबाट
रेलीमाइको कथा बोकेर
यो मनको गुप्ताङमा
भावनाले शीतवीर्य छर्केर
एउटा कविताको गर्वधान गराउदैछु
एउटा कविताको परागशेचन गराउदैछु ।
मेरो कविता
एक दाना पात्ले कटुस – भोकमरीको आहरा
एक खुट्टे बैसाखी – अपाङ्गको साहारा
एउटा पुजीबाद अर्को सर्वहारा
सबैको सामु कलिला हात र शैशव पाउ
लिएर जन्मिनेछ , आउनेछ
सबैको दिलमा अटाउने छ
अनि ,
पुजीवादलाई घुडा टेकाउदै
सर्वहाराको उन्मुख्तीमा अग्रसर हुँदै
अपाङ्गले आफ्नै भनि अङ्गानेछ
भोकमरीले एक बुजो भोजनको रुपले
सहश्र स्वीकार्दै उपभोग गर्नेछ ,
बश,
मेरो कविता
स्वातन्त्र मानव जीवन लागि
स्वतन्त्र जिन्दगीको लागि ।
भूगोलको कुनै अक्षाङशमा तिमी छौ
बेग्लै अक्षाङ्श म छु,
हाम्रो देशान्तर फरक छ….
तिमी उत्तरी गोलार्द्धको साइबेरियामा
हिउमा चिप्लेटी खेल्छौ
उही बेला म दक्षिणी गोलार्द्धमा
गर्मीले दौराको फेर हम्किन्छु
हाम्रो मिलन दुई समान्न्तर रेखा हो!….
अनि तिमिले मलाइ देख्नने र भेट्ने चाहना अधुरो हो अपुरो हो
अझ म त
युरेनियमको नजिकमा छु
कुनै पनि बेला
लडिन सक्छु
डडिन सक्छु
झर्न सक्छु
मर्न सक्छु,
यसैको खातिर ……
मैले एउटा कविता जन्माएर
शैसबतामा तिमिसामु छोडेको छु
तिम्रा पुस्ट वक्ष स्तन्पान गराउ स्नेहले
एक चम्चा लिटो खुवाउ मायाले
हुर्काउ बढाऊ केवल मेरो सम्झनालाई
भोली यसले अतिबादको मार हान्नेछ
भौतिकबादको बिरुद्ध लड्नेछ
स्वातन्त्र मानव जीवनलाई अङ्गिकार गर्नेछ,
युरेनियम र रेडियमको नजिकबाट
रेलिमाईको कथा ..
बश, मेरो कविता
dcnepal.com/nepalsmahu.com- बुद्धी मोक्तान
