Skip to content

खै के भो के भो आजकल मलाई


खै के भो के भो आजकल मलाई, आफैलाई थाहा छैन,
जता हेर्छु न्यार्सो लाग्छ, बाँच्न मनै ला’छैन !

स्वार्थी जस्तो लाग्छ सबै, दु:ख बुझ्ने कोही हुन्न,
त्यसैले त पोखाउनलाई, अब ममा बह छैन !!

जिन्दगीमा गरें धेरै, हातमा लाग्यो संधै सुन्य,
जोस जाँगर नि रहेन अब, केही गर्ने चाह छैन !

कोशी सरी आँशु बग्छ, अनाथ झैं आफू पाउँदा,
लाग्छ अझै अाँशु बग्ने, अब ममा गह छैन !

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *