Skip to content


निरन्तरता तिम्रो नियति
त्यही तिम्रो सर्बोच्चता
अबरोधरुपी पहाड ढाल्ने
तिम्रो संघर्षशील जीवनगाथा
……………………..

हिलो छ्याप्नेहरू थाक्नु पहिले
तिमी संग्लिन सक्छ्यौ
खहरेहरूको गडगडाहट चिर्दै
तिम्रो लक्ष सागर पुगी छाड्छ्यौ
……………………..

अविचलित धर्यता तिम्रो
आफ्नो बाटो आफै रोज्छ्यौ
सयम तिम्रो महानता हो
समानुपातिक कि तिमी नमुना
……………………..

हच्किन्नौ तिमी कुनै शक्तिसित
समाहित हुन्छन सबै तिमीमा
अटल छ तिम्रो रंग रुप
बदलिन्नौ तिमी कुनै शर्तमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *