Skip to content

कति सारो मातेकी हौ


कति सारो मातेकी हौ, हुन्न भन्दा भन्दा पनि,
काउकुती लाग्छ छुँदा, छुन्न भन्दा भन्दा पनि !

जवानीमा होस् गुमाई, पछुताउनु छैन भो,
पर्न खोज्छौ दुवालीमा, थुन्न भन्दा भन्दा पनि !!

कुरा काट्लान शत्रुले, कति दुख्ला यी मुटु,
त्यति खेर शिर झुकाई, रुन्न भन्दा भन्दा पनि !!

निश्चल छ मेरो मन, बिगार्नलाई चाहन्न,
तडपिंदै अनेक कुरा, गुन्न भन्दा भन्दा पनि !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *