बाध्य छु बाँच्नलाई, भित्र आत्मा मरे पनि,
सुवास छर्नुपर्ने छ, सुकी भुईंमा झरे पनि
कस्तो हो यो बिडम्बना? बाँचेको झैँ गर्नुपर्ने,
मुस्कुराउनु पर्ने रे, डढी खरानी परे पनि
मेरै बस्ती सुन्दर रे, भन्ने गर्छन देख्नेले,
भर्खर आँधी आए झैँ, यत्रतत्र छरे पनि
बुझ्नेले नै व्यङ्ग्य हन्छन, घाउमा नून छर्किन्छ्न,
सुनु पर्छ म कालेले, जसले कुरा गरे पनि
राजेश रुम्बा लामा “अतृप्त”
