दुध खाई खा’को कसम तोडी जाने परदेशीलाई
नसम्झे भो आमा देश छोडी जाने परदेशीलाई
गाउँको जग्गा जमिन बाँझो छाडी आफ्नो
मरुभूमि तातो मैदान गोडी जाने परदेशीलाई
आफ्नो देशलाई माया मारेर विदेश भूमिमा
रगतको नयाँ नाता जोडी जाने परदेशीलाई
देश राम्रो बनाउनेछु स्वदेशमै बसी भन्नेले
सुरुवातमै बाटो अन्तै मोडी जाने परदेशीलाई
देशको माया प्यारो गरीब भए नि मेरो लागि
भनी-भनी धनको खोल ओडी जाने परदेशीलाई
