कविता
आखिर तिमीले फाल्नु थियो
कण्डम जस्तै प्रयोग गरि,
त्यसैले त फसायो नि
दु:ख पर्दा सहयोग गरि !
बैशा छंदा चुस्नु चुस्यो
रस बिहिन बनायो,
लुटियो मेरो अस्तित्व नै
सबको घिन बनायो !!
गल्ति त मेरै थियो
क्षेणिक खुशीमा हाँसियो,
भुलेर आफ्नो औगात
निश्चल माया गाँसियो !!
राजेश रुम्बा लामा “अतृप्त
