Skip to content

गजल (यात्री म)

गजल (यात्री म)
तिम्रै बस्तीमा रोमाली हिंड्ने,’यात्री’ म,
जुन हराएको अन्धकार,’रात्री’ म !

फूल बिहिन भयो बगैचा,माली नहुँदा,
कोपिला मै सुकेको,सय’पत्री’ म !
तिम्रै बस्तीमा रोमाली हिंड्ने,’यात्री’ म !!

क्षितिज हेरी पाइला चाल्छु,छैन गन्तब्य,
नासा छिनेको पशु झैं,हिंडदैछु ‘लत्रि’ म !
तिम्रै बस्तीमा रोमाली हिंड्ने,’यात्री’ म,
जुन हराएको अन्धकार,’रात्री’ म !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *