Skip to content

कुमार कान्छामा समर्पित गजल

  • by
20110119_AcharyaPrabha_KumarKanchha


स्वरको धनी कुमार तिमी मरेर जाँदैनौ
गीतको नदी कहिल्यै पनि तरेर जाँदैनौ ।

संसार भर घन्कियो स्वर मिठास भरेर
संगीत बाग छाडेर तिमी झरेर जाँदैनौ ।

आवाज तिम्रो गुन्जी नै रन्छ दुनियाँभरिमा
सम्झना मात्र यो धर्ती माझ छरेर जाँदैनौ ।

बिछोड पीडा असह्य भयो बल्झेर सम्झना
झुक्क्याई तिम्ले सबैको मन चरेर जाँदैनौ ।

संगीत गीत जीवनको रीत बनायौ तिमीले
यसैको छायाँ धुमिलो मैलो गरेर जाँदैनौ ।

आँखामा बस्यौ मुटुमा छायौ स्वरले सजेर
गहिरो घाउ मनमा तिम्ले भरेर जाँदैनौ ।

(रचना -१ /१७ /२०११)

कुमार कान्छाको दु:खद निधनमा वहाँकै नाममा समर्पित गजल

Leave a Reply

Your email address will not be published. Required fields are marked *