Skip to content

आमैले भन्थे धाराको पानी


आमैले भन्थे धाराको पानी
साह्रै नै चिसो नखाऊ है नानी
मार्यो नि तिर्खैले
तर बाबैले भन्थे कलको पानी रक्सी गनायो

कालो कालो केश तिम्रो सेतै भैगयो
तर कालो अनुहार चाहिं कालै रैरह्यो
अझै पनि हार्दिन मन मेरो
मौका पाए झारिदिन्छु शेखी तेरो
भैगो यस्ता कति आए कति गए
के धम्की आफूलाई जोरी खोज्ने मलाई

सरर सरर तुम्बा तानी
साथी भए मतवानी
घरमा जान्छन् हात खाली
पाउँछन् बुढियाको गाली

आजकलको केटा खुट्टा मिलाउँछ
नाँच्न त जान्दैन खुट्टा पो भाँच्दछ

रमाइलो साँझको भेट हाम्रो
चोखो हुने कमेरे पानी राम्रो
बुढाहरू तन्नेरी भाकै राम्रो
तन्नेरी बौला’को अँझ राम्रो

दुई दिने जिन्दगी कहिले घाम कहिले पानी
रक्षे भोटे नेपाली जात पराई नभनी
आज कमेरे पानीले हामीलाई साथी बनायो

स्वर – उदीत नारायण झा, मुरलीधर, कुमार कान्छा
संगीत – रनजीत गजमेर
चलचित्र – साइनो

1 thought on “आमैले भन्थे धाराको पानी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *