Skip to content

तलाउको माझमा

  • by


तलाउको माझमा फुलेको सेतो कमलको फूल जस्तो
गतिशील भई कलकल बग्ने नदीमाथि उठेको छाल जस्तो
छमछम गर्दै झरिरहेको अग्लो अग्लो झरना जस्तो
सेतो एकदम सेतो अस्पतालका वार्डहरूमा
फुलेको सेतो ईन्द्रकमल फूल

लेकाली पाखामा मुस्कुराउँदै फुलेको सेतो चिमाल जस्तो
घामका किरणहरू बोकेर टल्ल टल्केको हिमाल जस्तो
माथि माथि आकाशैको बादलको चाँदीको घेरा जस्तो
फुलेको सेतो ईन्द्रकमल फूल

अन्धकारलाई चिर्दै हिँड्ने चहकिलो प्रकाश जस्तो
जाडो सर्दीसँग जुझ्ने न्यानो न्यानो घाम जस्तो
आमाहरूको ओठहरूमा फुल्ने ममतापूर्ण मुस्कान जस्तो
फुलेको सेतो ईन्द्रकमल फूल

शब्द : मञ्जुल
स्वर, संगीत : शम्भु राई
एल्बम : हिउँजस्ती गोरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *