प्रेम पत्र स्वीकारेर, उत्तर लेख्दैछु माया
भविष्य जीवनको, तिमीसँग देख्दैछु माया ।
स्वाभिमान र महानताको अध्याय दर्शाउँदै
समीप्यमा, नेपथ्यबाट पाइला टेक्दैछु माया ।
आत्मासमर्पण गर्दिन फाली प्रेम हतियार
आइपर्ने मुठभेड, विवेकले छेक्दैछु माया ।
छिट्को सारीमा घुन्टो ओढी धपक्कै रुप बल्दा
बैभवताको थुँगा तिमी हल्केलामा थेग्दैछु माया ।
सजिएको आँगनमा अग्नि होमले डम्फु बज्दा
जीवनको अमरत्व, तिमीसँग सेक्दैछु माया ।
