Skip to content


सम्माननीय सभासदज्यूहरू,
संसद् सचिवालय, काठमाण्डौ ।

घरको ठेगान छैन, खानकै चिन्ता गर्छ नभन्नुहोला । आएर बोल्न सक्दैन, पत्रमार्फत धम्की पठाउँछ भन्ने नठान्नुहोला । मान्छेको मन भएको बेला पढ्नुहोला अनि संविधान लेख्नुअघि मेरा कुराको स्मरण अवश्य गर्नुहोला ।

मलाई यत्रो आँट किन आउँथ्यो, तपाईँहरूले नै ल्याएको लोकतान्त्रिक गणतन्त्रले सिकायो । सबैले आफ्ना आवाज सुनाएका छन्, म पनि मेरो आवाज हजुरहरू समक्ष बिसाऊँ भन्ने लागेर लेखी पठाएको हुँ ।

पढेर रिसले चुर नबनिदिनुहोला । मेरो जीवनमा अरू अनिष्ट नथोपरिदिनुहोला । लौ, सुन्नुहोस् मेरो आवाज मिश्रित राम कहानी—

तपाईंहरूलाई आफ्नो घरमा रमाउने हक छ भने हामीलाई किन छैन ? अपराध गरे पो जेलमा सड्नु त । विना अपराध जेलमै जन्मनु, जेलमै हुर्कनु र जेलमै सड्नु पर्ने के काइदाको कानुन हो यो तपाईंहरूको ? पेट खाली छ, जुँगा बटारिन्छ, कन्सिरी तानिन्छ, शरीर भाँगलझुँगल पारिन्छ, प्रतिकार गर्न खोजे बल भरिएछ कस्तो दुष्ट भयो भनी खानाको मात्रा कटौती गरिन्छ । आफ्नो रूप बेचेर अर्काको दिल जित्नुपरेको छ र अर्कैको लागि धन कमाइदिनु परेको छ । कर्मचारी खटाएकै छौँ, खानेकुरा जुटाइदिएकै छौँ, बस्ने वास बनाइदिएकै छौँ, विरामी भएको वेलामा ओखतीमुलो गर्देकै छौँ, अर्थोक के चाहियो र यिनीहरूलाई भन्ने ठान्नुहोला तपाईंहरू । तर भन्नुस्, सुनकै पलङमा सुताएर र चाहे बमोजिमका खानेकुरा दिलाएर अनि अरूहरूलाई जिस्काउन, चिमोट्न र खिल्ली उडाउन लगाएर एक्लै कोठामा कैद गरेर राख्यो भने तपाईंहरू मान्नुहुन्छ ? अहँ कदापि मान्नुहुन्न । अधिकार हनन भयो भनी अर्को आन्दोलन गर्नतिर लाग्नुहुन्छ । आफूलाई पर्दा जस्तो हुन्छ, त्यस्तै अरूलाई पनि हुन्छ भन्ने ठानेर संविधान बनाउँदा चिडियाखानामा राखिएका हामी पशुहरूको हकअधिकार बारे पनि सम्बोधन गर्नुहोला ।

किनकि हामी मान दिन तयार छौँ,
हामी त्याग दिन तयार छौँ,
हामी अर्थोपार्जन गर्दिन तयार छौँ,
तर अपमान र तिरस्कार खाएर
अनि रोग, भोक सहेर
रहन तयार छैनौँ ।
आगे हजुरहरूकै कृपा ।
लोकतान्त्रिक नीति धारण गर्न तयार शिरमा ।

ठेगाना ः रुपनगर ः १, प्रगतिटोल, सप्तरी
मो नं ९८०७७७९७६८ वा ९७४३०१२०७६ वा ९८०७७५०८२६
स्नातक (नेपाली)

3 thoughts on “आवाज”

  1. एउटा पत्रात्मक प्रस्तुति
    लघुकथात्मक दृष्टिमा भने कमी
    पशुवकालत
    आडम्बरपनको सशक्त झलक

    शब्दसंयोग भने केही मिठास
    यिनै र यस्तै विशेषताहरू देखिए
    0
    पशुसोचको उत्तम प्रस्तुति

  2. मेरा दुई शब्द
    पशुवकालत हो या प्रतीतकात्मक रूपले कतै व्यंग हान्न खोज्नुभा’ हो, प्रष्ट बुझ्न सकिएन । तर ती दुईमा जुनै भए पनि तार्किक कुरा सार्नुभा’ छ ।

    कथा पुरै रुपमा हेर्दा एक पक्षीय रूपमा ‘म’ पात्रबाट ‘तिमी’ पात्रप्रति थुप्रा ‘आरोप’हरू थपिएको थपिएई छन्, जून लगातार पढ्दा पाठकलाई पट्यार र अविश्वास लाग्न सक्छ । प्रत्येक ‘आरोप’लाई एकदुई वाक्य प्रयोग गरेर प्रमाण थपिदिंदा पाठकको चित्त बुझाउन पनि अलि सजिलो हुन्छ, र कथाका मूख्य मुद्दाहरू बिस्तारो बिस्तारो खुल्दै जानाले सबै सन्देश पाठकमा पुग्ने सम्भावना पनि बढ्छ ।

  3. ठिस बुढा

    नमस्कार
    रिजाल म्याडमको आवाज पढेँ ।

    राम्रो लाग्यो ।

    मैले कथा, लेख कैले लेखिन, आँउदैन र पढ्दिन पनि । “आवाज” सुनेर हेरेको…

    kbs सरले भन्नु भा’ जस्तै… “आवाज” मा फोर्मुला को कमि भेटेँ ।

    रिजाल म्याडमको फेरि फेरि शब्दहरु पढ्ने आशा राखेको छु ।

    शुभकामना ।

    बाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *