मैले हजुरलाई निहारिरहेको थिएँ
हजुर निकै भयभीत देखिनु हुन्थ्यो
जस्तै एक बालक सरी !
जब हजुरको आँखामा मृत्युले
मौनताको सूचना दिंदै थियो
आहिस्ता-आहिस्ता आफ्नो आगमन
म तड्पिरहेको थिएँ
हजुरलाई धन्यवाद भन्नलाई,
हजुरसँग अंगमालो गर्नलाई,
अनि अलबिदा भन्नलाई,
र हजुरलाई सम्झना गराउनुलाई कि,
“ईश्वरले सदैब हजुरलाई क्षमा गरिदियो।”
ईश्वरले सदैब उसलाई क्षमा गर्दछ
जसले जीवनको लागि जीवन बलिदान लगाउँदछन्,
आफ्नो हृदयको साहसले
आफ्नो वजूदको बाटो आफैं खोज्दछन्,
अनि यस्ता प्रत्येक कठिनाईलाई पार लगाउदै जान्छन्।
म अतृप्त भई रहेको थिएँ हजुरलाई भन्न कि,
“हजुर श्रेष्ठ मध्येमा श्रेष्ठ गुण भएको ब्यक्ति हुनुहुन्छ,
भद्रतामा हजुरको विशिष्ट भद्रता छ,
अनि मरुस्थलको सौम्य बालुवामा स्थित
हजुरको अटल गर्व रहेको छ !”
म हतपतिसकेको थिएँ
हजुरलाई लगी जान , हजुरको परमपिताको कब्रसम्म
यो आशासँग कि, हजुरले यो जीवनमा क्षमा गरिदिनु होला भनी
निसंगत जो देहलाई प्राणले छोडी गयो
अहिले जहा बसिरहनु भएको छ
पशुपति आर्यघाटमा !
मेरो चाहना थियो कि हजुर जानुहोस भनी
विना कुनै पिडा आफूमाथि भार प्रभार गरी
जसले गर्दा टाढासम्म हजुरको दु:ख न्युनतम होला
अनि हजुरले भुल्न सक्नु होला यो मर्मको घाउ !
अब हजुर शान्तिले बस्न सक्नु हुनेछ
मेरो वृद्ध अवस्थाको पिताजी बालक सरी !
हजुरका नाती, नातिनाहरूले
पहिला नै हजुरको बारेमा कुरा गर्छन्
जस्तै कि, हजुर कहीं जानु भएको छैन
अहिले पनि हजुर अवस्थित हुनुहुन्छ
हाम्रो समयमा !
जब हजुरले प्रकाशको बाटो पार गर्नु हुनेछ
तब समय फेरि हजुरलाई फर्काउने छ बालक पनमा
फेरी हजुर बिछोड सुर्यसँग खेल्नु हुनेछ
म हजुरलाई अंगमालो लगाउने छु पिताजी
जो मैले गर्न सकिन मेरो पिताजीको लागि उहाँको मृत्युमा
अब मेरो पिता पशुपति आर्यघाटमा एक्लै बस्नु हुन्छ !!!
