Skip to content

सुख्खा रोटी खबुस बोकी,

गजल
सुख्खा रोटी खबुस बोकी,बिहानै ड्युटी जान्छु आमा,
पानी पनि हुन्न पिउन,कोठै बाट लान्छु आमा

खाना खाने समय हुन्न,घामले तात्नु तात्छ आमा,
एउटा हातले पसिना पुस्दै,एउटा हातले खान्छु आमा !!

घुर्की लाउथे बाउ आमालाई,भने मान्ने थिएन,
अहिले जसले जे भने नि,शिर निउराइ मान्छु आमा !

हातको ठेला चरौंछ,रिंगटा चल्छ भन् भन्ति
आफ्नै भाग्य त्यस्तो सम्झी,आफ्नै निधारमा हान्छु आमा !!

केलाई बाँचौ लाग्छ कहिले,सारै अतेस लाग्छ,
हरेस खानु नामर्द हो,भन्ने पनि ठान्छु आमा !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *