तिम्रो मेरो सम्बन्धलाई टुटाएर गयौ।
जिन्दगीको मुटु तिमीले फुटाएर गयौ।
सफल भयो तिम्रो लक्ष्य उद्वेश्य र चाहना,
टुक्रा पारी मन मुटु चुटाएर गयौ।
जिन्दगीका ठुला-ठुला सपना देख्न सिकाएर,
उडन नसक्ने गरी पखेटा भचाएर गयौ ।
मुटु माग्यौ, मुटु दिएँ, चोखो मायाप्रीति दिएँ,
तर तिमीले माया हैन, धोका दिएर गयौ ।
नमेटिने चोट दियौं, आँसु थपिदियौ
जिउँदै तिम्ले जोवनलाई भुटाएर गयौ ।।
